ताजा अपडेट »

वडामै नि:शुल्क माटो परीक्षण सुविधा

आइतबार, १३ चैत्र २०७८, १४ : ०५
4 Shares

कपिलवस्तु । कपिलवस्तु नगरपालिका-९ ले वडा कार्यालय मै माटो परीक्षण सुविधा दिन सुरू गरेको छ। वडाका किसानलाई सहज हाेस भनेर कार्यालयले यसै सातादेखि माटो परीक्षण सुरु गरेको हाे ।

वडा कार्यालयलाई मुक्तिनाथ एग्रो प्रा.लिबाट डिजिटल माटो परीक्षण मिनी ल्याब उपलब्ध गराएपछि किसानले आवश्यक परेको बेला माटो परीक्षण गर्न सक्ने भएका छन् । वडा कार्यालयले निःशुल्क रूपमा माटो परीक्षण गर्ने वडा अध्यक्ष शिव वाग्लेले बताए ।

पहिलो चरणअन्तर्गत वडाले ५० हजार लागतमा ५० थान किट खरिद गरी एक सातासम्म परीक्षण अभियान सुरु गरेकाे वडा सचिव विजय पोख्रेलले बताए । वडामै माटो परीक्षण सेवा सुरु भए पछि कृषकहरू आउने क्रम जारी रहेको बताइएको छ ।

मिनी ल्याबको प्रयोगबाट माटोको पिएच लेभल (अम्लियपन), माटोमा मलको मात्रा, नाइट्रोजन, फस्फोरस, पोटास तथा माइक्रो न्युट्रेन्ट (सल्फर, जिङ्क, म्याग्नेसियम, आइरन) परीक्षण गर्न सकिने नायब पशु स्वास्थ्य प्राविधिक विपिन पोख्रेलले बताए । परीक्षणपछि किसानलाई माटो अनुसारको बाली लगाउन समेत सिफारिस गरिने बताइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।