ताजा अपडेट »

सैनामैनाका एक युवा लागुऔषधसहित पक्राउ

आइतबार, १३ चैत्र २०७८, १३ : २६
4 Shares

बुटवल । रुपन्देही सैनामैनाका एक युवा लागुऔषधसहित पक्राउ परेका छन् । सैनामैना–८ का २८ वर्षीय नारायण गाहा शनिबार दिउँसो ब्राउन सुगर जस्तो देखिने पदार्थसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–११ जहदीबाट करिब ६ ग्राम लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । उनी सवार लु १२ प ४७४६ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।