ताजा अपडेट »

काठमाडौंका लागि गुडिरहेको बसमा आगलागी

शुक्रबार, ११ चैत्र २०७८, २२ : ०६
8 Shares

सुर्खेत । कालीकोटबाट काठमाडौंका लागि छुटेको ना८ख २३५६ नंको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ । बस आज बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो । 

कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौंका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८ सुर्खेत ओदाल तालस्थित दिउँसा ३ः४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।