ताजा अपडेट »

रेसुङ्गा नगरपालिकाबाट महिला निर्माण व्यवसायी लक्ष्मी खनाल सम्मानित

शुक्रबार, ११ चैत्र २०७८, २१ : ०६
6 Shares

गुल्मी । गुल्मीका एक निर्माण व्यवसायी सम्मानीत भएका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको निर्माण कम्पनी अर्जुन बिल्डर्स प्रालिकी सञ्चालक लक्ष्मी खनालाई रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले सम्मान गरेका हुन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा तहमा निर्माण गरिएका आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन समयमै सम्पन्न गरेको भन्दै अर्जुन बिल्डर्स प्रालिकी सञ्चालक खनालाई सम्मान गरिएको हो ।

निर्माण व्यवसायीले नगरपालिका वडानम्बर ४, ७ र ९ नम्बर वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रका भवन तोकिएको समय अबधी अगाबै सम्पन्न गर्न सफल भएका हुन् । शुक्रबार भवनको उद्घाटन कार्यक्रममा नगरप्रमुख डिल्लीराज भुसालले निर्माण व्यवसायीले समयमै काम सम्पन्न गरेको धन्यवाद दिए ।

उनले देशका कैयौं विकास निर्माणका कामहरु निर्माण व्यवसायी कै कारण समयमै सम्पन्न हुन नसकेको उल्लेख गरे । समयमा काम सम्पन्न नहुदा नागरिकले धेरै दुख भोग्नु परेको भुसालले बताए । तिन कोठे भवन र ट्वाइलेट सहितको भवन सम्पन्न गर्नुपर्ने मिति १ वर्ष रहेको थियो । तर निर्माण व्यवसायीले समय अगाबै नै सम्पन्न गरेका छन् ।

अर्जुन बिल्डर्स प्रालिले नगरका वडानम्बर ११ र १३ को आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन पनि समय अगाबै सम्पन्न गरेका थिए । समय अगाबै सम्पन्न गरेको भन्दै त्यस अबसरमा पनि सम्मान गरिएको थियो । भवनको ३६ लाखको लागत अनुमान बिडिङ्ग पछि २३ लाखमा भ्याट सहित निर्माण भएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।