ताजा अपडेट »

बुटवलको राजमार्ग क्षेत्रमा शनिबार विद्युत लाइन काटिँदै

शुक्रबार, ११ चैत्र २०७८, १९ : १७
22 Shares

बुटवल । बुटवलको मुख्य राजमार्ग क्षेत्रमा विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रले एक सूचना जारी गर्दै शनिबार मध्यान्ह १२ बजेदेखि चौराहा चोकदेखि बुटवल बसपार्क/लुम्बिनी हस्पिटल चोकसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको छ ।

मुख्य हाईबेको पश्चिम तर्फ बाटो बिस्तारका कारण नयाँ विद्युत पोल गाड्नका लागि विद्युत अवरुद्ध गर्नु परेको प्राधिकरणले जनाएको छ । काम सम्पन्न नहुँदासम्म बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म ११ के.भि बुटवल पश्चिम फिडर अन्तर्गत चौराहदेखि लुम्बिनी हस्पिटल हुँदै तिनाउ पुलसम्मका हाईवे पश्चिमतर्फ विद्युत अवरुद्ध हुने भएको हो ।

No description available.
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।