ताजा अपडेट »

एकीकृत समाजवादी निकट अनेरास्ववियूद्वारा बुटवल बहुमुखी क्याम्पसमा संगठन विस्तार

शुक्रबार, ११ चैत्र २०७८, १७ : ४५
10 Shares

बुटवल । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुटवल बहुमुखी क्यामपसमा संगठन बिस्तार गरेको छ । शुक्रबार गरिएको संगठन बिस्तार अनुसार अनेरास्ववियू बुटवल बहुमुखी क्याम्पसमा सुन्दर कार्कीको अध्यक्षतामा ५१ सदस्यीय क्याम्पस कमिटि गठन चयन भएको छ ।

जसको उपाध्यक्षमा अस्मिता बश्याल, सचिवमा प्रकाश ढकाल, सह सचिवमा विष्णु भुसाल, निलकण्ठ पाण्डे र सौरभ पाण्डे क्षेत्री चयन भएका छन् भने कोषाध्यक्षमा केशवराज घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

अनेरास्ववियूका केन्द्रिय सचिव शंकर घर्तीको प्रमुख आथित्यता भएको कार्यक्रममा क्याम्पस इन्चार्ज बामदेव भण्डारी, जिल्ला अध्यक्ष छवि भट्टराइ भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।