ताजा अपडेट »

मधेस प्रदेशसभा बैठक: तीन मन्त्रीलाई बैठकमा उपस्थित हुन सभामुखको रुलिङ

शुक्रबार, ११ चैत्र २०७८, १७ : ०५
4 Shares

जनकपुरधाम ।  मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आगामी बैठकमा उपस्थित भएर जवाफ दिन मधेस सरकारका मन्त्रीहरूलाई रुलिङ गरेका छन् । 

पटक पटक स्थगित भएर पुन: सञ्चालनमा आएको बैठकमा सांसदहरूले संसदीय कोष, जनता आवास कार्यक्रम, विनियोजित बजेट निकासा नभएको भन्दै आपत्ति जनाएपछि सभामुख यादवले उपस्थितिका लागि अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री, पर्यटन तथा वन मन्त्रीका नाममा रुलिङ गरेका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।