ताजा अपडेट »

१८ लाख बढीको अवैध मोबाइलका पार्टपूर्जा र कपडा सहित २ जना पक्राउ

शुक्रबार, ११ चैत्र २०७८, १५ : ३७

बुटवल । नवलपरासीम अबैध रुपमा भन्सार छलि गरी ल्याएका मोबाइलका विभिन्न पार्टपूर्जा र कपडासहित २ जना पक्राउ परेका छछन् ।

कावासोती नगरपालिका–१६ चालिसकिलो जंगलस्थित राजमार्ग लु १ च ९७६० नम्बरको जिपमा अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब १८ लाख १ हजार ७ सय २२ रुपैयाँ मूल्य बराबरको मोबाइलका बिभिन्न पार्टपूर्जा र कपडा सहित जिपमा सवार प्रतापपुर गाउँपालिका–६ बस्ने राजकुमार गुप्ता तेली सहित २ जनालाई विहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त जिप जाँच गर्ने क्रममा केराको पातले छोपी अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको अवस्थामा उक्त सामान फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय महेशपुर नवलपरासी (पश्‍चिम) पठाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।