ताजा अपडेट »

कपिलबस्तुमा आगलागी हुँदा ११ लाखको क्षति

शुक्रबार, ११ चैत्र २०७८, १५ : ३०

कपिलवस्तु । कपिलबस्तुमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ । जिल्लाको बियनगर गाउँपालिका–५ बघमरुवास्थित अलि हसनको निसा समिल काठ फर्निचरमा विद्युत सर्ट भइ बिहीबार दिउँसो आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

आगलागीबाट नगद ६ लाख रुपैयाँ, फ्रिज, टिभी, साईकल, ग्याँस सिलेन्डर चुलो, २ वटा दराज ,काठ, फर्निचर, चेन मेसिन, मिलका कागज पत्र, नागरिता, जग्गाधनि प्रमाणपत्र लगायतका सामान जलेर उक्त रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।