ताजा अपडेट »

‘भारतीयहरु नेपाल आएर करोडौं कमाउँछन् हामी लजाउँछौं ’

विहीबार, १० चैत्र २०७८, २१ : ३६
8 Shares

गुल्मी ‘हामी हाम्रै देश समाजमा मजदुरी गराउन लजाउँछौं तर, हेर्नुस् त हाम्रै देशमा आएर भारतीय नागरिकले करोडौं कमाउँछ्न्। त्योपनि कबाडी बस्तु टिपेर । ’ यो भनाइ हो गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको ।

बिहीबार सो पालिका वडा नम्बर २ र ३ का व्यावसायिक मौरी पालक कृषकहरुलाई उधमशिलता सम्बन्धी प्रशिक्षण दिँदै उनले त्यस्तो बताएका हुन् ।उनले कच्चा पदार्थ अन्य मुलुकबाट ल्याउनु परेकोले देशका ठूला उधोगहरु धारासायी हुँदै गएको उदाहरण दिँदै नेपालमा कृषि र साना घरेलु उद्योग नै सम्भव रहेको बताए ।

मुसिकोट नगरपालिका कृषि शाखा प्रमुख जनक पौडेलका अनुसार तालिममा२९ जना सहभागी थिए । करिब ५७ हजार मुसिकोट नगरपालिकाको रकमबाट तीन दिनदेखि सन्चालन भएको तालिमको आज उनै प्रमुख प्रशासकिय अधिकृत भुसालले समापन गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।