ताजा अपडेट »

भलवारी जेसीजद्वारा उत्प्रेरणामूलक प्रशिक्षण

विहीबार, १० चैत्र २०७८, २१ : ०४
6 Shares

बुटवल । दार्शनिक व्यक्तित्व एवम् अन्तर्राष्ट्रिय प्रशिक्षक डा. चिन्तामणि योगीले हरेक पल स्वयंलाई महसुस गर्दै अघि बढ्नु नै सार्थक जीवन मार्ग भएको बताएका छन् ।

भलवारी जेसीजले सञ्चालन गरेको उत्प्रेरणामूलक प्रशिक्षण “चिन्तामणि गुरूसँग चैतन्य चिन्तन” कार्यक्रममा उनले भौतिक अस्तित्व र आत्मीय चेतसँगै अघि बढ्ने कला सिकाउनुभएको थियो ।

जेसीजका पदाधिकारी एवम् सदस्य सहित तिलोत्तमा नगरका राजनीतिक, सामाजिक, उद्यमी, विद्यार्थी सहितको सहभागितामा भएको कार्यक्रममा तिलोत्तमा –७ का वडाध्यक्ष दुर्गाप्रसाद पाण्डे, वडासदस्य देवीलाल पंगेनी, सैनामैना जेसीजका अध्यक्ष रामचन्द्र ढकाल लगायतले बोल्दै व्यक्तित्व विकाशका लागि जेसीज वरदान भएको बताए।

संस्थाका अध्यक्ष किशोर पंगेनीको अध्यक्षता, उपाध्यक्ष प्रेमनारायण पंगेनीको संयोजकत्व एवम् महासचिव चन्द्रप्रसाद भट्टाराई “जीवन” को सञ्चालनमा भएको कार्यक्रमका वक्ताहरूले यस्ता प्रशिक्षण घर–घरमा पु¥याउनुपर्ने बताएका थिए । तालिममा एक सय जनाको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।