ताजा अपडेट »

सिमित रुपमा भएपनि बेरोजगार भत्ता दिन्छौं : अर्थमन्त्री खतिवडा

शनिबार, १९ माघ २०७५, १२ : ००
6 Shares

माघ १९,
गुल्मी । अर्थमन्त्री युवराज खतिवडाले सरकारले पनि पहरो फोर्दै रहेको बताएका छन् । कालिगण्डकी करिडोर अवलोकन क्रममा शनिवार गुल्मीको रुरु गाउँपालिका रिडीमा आयोजना गरिएको कार्याक्रममा मन्त्री खतिवडाले कालीगण्डकी करीडोरमा सेनाले द्रुत गतिमा पहरो फोर्दै रहेको बताए ।


उनले कालिगण्डकी करीडोरमा ट्याक खोल्न सेना पहरो फोर्दै छ, हामीले पनि कानुनी, नियामक, संस्थागत, संरचनागत,कर्मचारीगत, बित्तिय रुपमा सबै किसिमका पहराहरु फोर्दै रहेको बताए । अब छिट्टै यि पोहराहरु फोरिने छन् मन्त्री खतिवडाले भने, ‘सबै क्षेत्रका पहराहरु फोरिएपछि बिकासको बाटो अघि बढनेछ ।’


उनले सरकारले केहि गरेको छैन भन्ने भ्रम मात्रै उब्जीएको बताए । सरकारले बजेट ल्याएर केके गर्दै छ भन्ने बिषयमा ‘बोल्नेको चामल बिक्छ नबोल्ने पिठो नि बिक्दैनन्’ जस्तो भएको बताए । उनले सरकारले बजेटमा ल्याएका र गरेका कामहरु जनतामा कम बुझाई रहेको बताए । यो सरकारले वालवालिकाको क्षेत्रमा अलि वढि महत्व दिएको बताए । मन्त्री खतिवडाले सरकारले माध्यमिकसम्मको शिक्षा निशुल्क, अनिवार्य, सिप सहितको रोजगारिमा जान सक्ने सहितको बनाइदै रहेको बताए । सिप बिहिन शिक्षाले हामीलाई रोजगारि दिँदैन् हाम्रो उपादकत्व पनि वढदैन् मन्त्री खतिवडाले भने, ‘सिप सिकेका युवाहरुलाई रोजगारिका प्याकेज ल्याएका छौ ।’ उनले बैदेशिक रोजगारिबाट फर्केका युवाहरुलाई रोजगारिमा आबद्ध गर्न बिभिन्न प्रकारका ऋणका प्याकेज पनि ल्याएको बताए ।


सबै नागरिक सामाजिक सुरक्षाको दायरमा आउनु पर्छ मन्त्री खतिवडाले भने, ‘सबैले कुनै न कुनै रुपबाट कुनै न कुनै प्रकारको सामाजिक सुक्षा पाउनु पर्छ ।’ हामी जुटि रहेका छौ त्यो वर्गलाई रोजगारि दिन मन्त्री खतिवडाले भने, ‘रोजगारि पाउनु भएन भने सिमित रुपमा भएपनि बेरोजगारि भत्ता दिन्छौ ।’

रोगजार दाता योगदान गर्नुस् उनले भने, ‘योगदानको आधारमा सामाजिक सुरक्षा योजना ल्याएको छौं ।’ चुनावको घोषणा पत्रमा उल्लेख गरेका कुराहरु एकएक गरेर पुरा गछौं मन्त्री खतिवडाले भने, ‘अर्को चुनावमा जाँदा सरकारले यो काम किन गरेन भन्ने वातावरण हुँदैन् शिर ठाडो पारेर हिड्ने गरि काम गर्दैछौं ।’ उनले यस क्षेत्रको बिकासको निम्ति संघिए सरकार, प्रदेश सरकार र स्थानिय तहसँग मिलेर बिकासका कामहरु अघि वढने बताए । कालिगण्डकी करिडोर भारत र चिनसँग व्यपारिक सम्बन्ध जोडने गरि तय गरिएको अर्थमन्त्री खतिवडाले बताए । उनले हाम्रो व्यापार दुबै देशतिर होस् भन्ने मुख्य उदेश्य पनि यस सडकको रहेका बताए ।

यो सडक पुरा भएपछि यसक्षेत्रको पनि भबिश्य रहेको बताए । यो सडक सुबिधा जनक बनाउने गरि पहिलो चरणमा ट्याक खोल्ने, चौडा पार्ने र ग्राभेल गर्दै पक्की गरिदै लैजाने बताए । बाग्लुङ देखि गुल्मी सम्मको कालीगण्डकी करिडोर सडक अबलोक तथा नयाँ थप बजेट हस्तातरण गर्ने कार्यक्रमम परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनिसँगै रहेका थिए । अर्थमन्त्री खतिवडा र परराष्ट्रमन्त्री ज्ञवालीले रुरु स्थित हृषिकेशमन्दीर अबलोकन एबं दर्शन र रुरुमा बन्न लागेको तिनमुखे पुलको अबस्था बारेमा पनि जानकारी लिएका थिए ।


१० मिटर बनाउन २० करोड बजेट विनियोजन


राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका कालीगण्डकी करिडोरलाई थप व्यवस्थित गर्नका लागि रु २० करोड बजेट विनियोजन गरिएको छ । कालिगण्डकी करिडोरलाई १० मिटर कायम गर्ने उद्देश्यले बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
२० करोडमध्ये १० करोड रुपियाँको काम बागलुङ खण्डमा र १० करोड रुपियाँको काम गुल्मी खण्डमा हुनेछ । अहिले तत्कालका लागि बागलुङ खण्डमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म १० मिटर सडक चौडा पार्ने कार्य हुनेछ ।
बागलुङ खण्डमा पर्ने ३६ किलोमिटरसहित गुल्मीमा समेत गरी ८० किलोमिटर साधारण बाटो खोल्ने काम नेपाली सेनाले जिम्मा लिएको थियो । चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने छोटो दूरीको यो सडक आयोजना त्रिदेशीय व्यापार तथा पारवहनमा महत्वपूर्ण नाका मानिएको छ । चीनको कोरलादेखि भारतको सुनौलीसम्मको ४३५ किमीको यो छोटो दूरीको सडक आयोजना हो । यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारतसम्म जोड्नेछ ।
गुल्मीमा ०७० सालदेखि नेपाली सेनाले काम गरिहेको

कालिगण्डकी करीडोर अन्र्तगत गुल्मी खण्ड रिडी रुद्राबेनी,अर्बेनी सडकको सडकको चौडा पार्ने काम नेपाली सेनाले गर्दै आएको कालिगण्डकी करिडोर सडक निर्माण कार्यदल संयोजक कर्नेल रेश्मीराज भट्टाईले बताए । सेनाले रिडीबाट २८ किलोमिटर १० मिटर बनाएर चौडा पार्ने काम गरिरहेको कर्नेल भट्टाईले बताए ।हाल ७ मिटरको रहेको ट्याक रहेको सड्क चौडा पारेर १० मिटरको बनाईदैछ । सेनाले यस अघि करिडोर अन्र्तगत रिडी पालुङ्गखोला खण्ड ४२ किलोमिटर र बाग्लुङको मालढुङ्गा टाकुर पालुङ्ग खोला ३८ किलोमिटर गरि करिव ८० किलोमिटर सड्कको ट्याक सेनाले नै खोलेको थियो । करिडोर निर्माणको लागि गुल्मीमा ०७० सालमा श्रीकालिगण्डकी करीडोर सडक निर्माण कार्यदल गठन गरेका सेनाले सडक निर्माण गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।