ताजा अपडेट »

भैरहवामा उपचाररत मृगौला पीडित अनन्तबहादुरलाई आर्थिक अभाव

मंगलबार, ०८ चैत्र २०७८, २१ : ३०
10 Shares

गुल्मी । उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पीडितले आफ्नो ज्यान जोगाई दिन सबैसंग सहयोगको याचना गरेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–५ निवासी ३५ वर्षका मृगौला पीडित अनन्तबहादुर खत्रीले सहयोगको याचना गरेका हुन् । आर्थिक अभावमा उनको उपचार गर्न समस्या आएपछि परिवारले आफन्तीहरु लगायत सम्पूर्णमा सक्दो सहयोगको अपिल गरेका छन् ।

आर्थिक अभावमा उपचारमा समस्या आएपछि सबैले सहयोग गरिदिन मृगौला पीडित अनन्तबहादुर खत्रीले आग्रह गरेका हुन् । दुईवटै मृगौलाले काम गर्न छोडेपछी थलिएका खत्री बिगत २ महिनादेखि अस्पतालमा उपचारत छन् मृगौला पिडित खत्रीकोे आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका छन् ।

मृगौला पिडित खत्रीसँग उनकी पत्नी र ३ जना नाबालक छोरा आश्रीत छन् । कमाउने र परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन् । २ महिनादेखि भैरहवामा उपचार गराइरहेका छन् । गाडी चलाएर घरायसी दैनीकी चलाउँदै आएका अनन्तबहादुरको एक्कसी बिरामी परेपछि उपचारमा गएका थिए ।

घरमा भएको सम्पूर्ण खर्च उपचारमा सकेपछि थपउपचार गर्ने रकम नभएपछि अनन्तबहादुरले सबैतिर सहयोग गरिदिन अस्पतालबाटै हारगुहार गरेका छन् । चिकित्सकले उनको नयाँ जिबनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुल्झाएकाले उनको परिवार अहिल पैसाको खोजीमा भौतारिरहेका छन् । स्वास्थ्यमा थप जटिल्ता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पिडितले सहयोगको हारगुहार गरेका हुन् ।

उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ । उनलाई सहयोग गर्नेहरुका लागि श्रीमतीको खातानम्बर बिष्णुकला बस्नेत खत्रीको शाईन रेसुङ्गा डेभलपमेन्ट बैक ०१५००७००४९७७८००००००१ जम्म गरिदिन आग्रह गरेका छन् । सम्पर्क गर्नेहरुका लागि मोवाइल नम्बरमा ९८४९१११४४१ गर्न सकिनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।