ताजा अपडेट »

नवलपरासीबाट म्यादी प्रहरीमा ३ हजार बढीको आवेदन

मंगलबार, ०८ चैत्र २०७८, २० : ३१
2 Shares

परासी । आसन्न स्थानिय तहको चुनावका लागि म्यादी प्रहरी भर्नाको लागी आवेदन खुल्ला भएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा आवेदन दिनेको भिड दिन दिनै लागेको छ । आज मङ्गलबार महिला ३ सय ७८ जना र १ हजार १ सय ३५ पुरुष गरी कुल १ हजार ५ सय १३ जनाको आवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपि प्रेम बहादुर शाहिले जानकारी दिए । आईतबारदेखि सुरु भएको भर्ना कार्यक्रम अन्र्तगत आज मङ्गलबारसम्म तिन दिनको अवधिमा ३ हजार ६ सय ८८ जनाको आवेदन दर्ता भएको छ ।

मङ्गलबार साझ सम्म गरिएको आवेदन दर्तामा कुल २ हजार ७ सय ३६ पुरुष र ९ सय ५२ महिलाले म्यादिका लागी आवेदन दर्ता गराएका छन् । नवलपरासीमा ७ स्थानीय तहमा खटाउनका लागी जम्मा १ हजार २९ जना म्यादी प्रहरी भर्ना गरिदै छ । भर्नामा देश तथा छिमेकी राष्ट्रका अवकाश प्राप्त पूर्वसुरक्षाकर्मी, वन रक्षक र विगतका निर्वाचनमा म्यादी प्रहरी रहेकालाई प्राथमिकतामा राखिएको छ ।

म्यादिमा भर्ना हुनका लागी युवाहरुको लाम छ । बढ्दो बेरोजगारीका कारण अधिकांश युवायुवति म्यादि प्रहरी बन्न दिनभर चर्को घाममा लाईन बस्दै आएका छन् । म्यादिका लागी यहि चैत्र ११ गतेसम्म आवेदन दिन पाइने छ । भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । म्यादि प्रहरीको १५ गतेदेखि भर्ना छनौट हुनेछ ।

४० दिन निर्वाचनको काममा खटाइने म्यादी प्रहरीलाई ४३ हजार ४ सय ४० रुपैयाँ दिइने छ । जसमा तलबबापत ३० हजार २ सय ४०, खाद्यान्नबापत ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिदका लागि ६ हजार तोकिएको छ । त्यसबाहेक आउने जाने तयारीबापत १ हजार उपलब्ध गराइने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।