ताजा अपडेट »

द कश्मीर फाइल्सले ११ दिनमा कमायो १८० करोड

मंगलबार, ०८ चैत्र २०७८, १८ : १२
8 Shares

अभिनेता अनुपम खेर स्टारकाे ‘द कश्मीर फाइल्स’ ले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ ।  विवेश रंजन अग्निहोत्रीको निर्देशनमा बनेको यो फिल्मले कश्मीरी पण्डितको दुःख बताउँछ । ११ मार्चमा सिनेमाघरमा रिलिज भएको यो फिल्मले दोस्रो साताको चौथो दिन करीब १३ करोड भारु कलेक्सन गरेको छ । यसैगरी फिल्मले ११ दिनमा हालसम्म करीब १८० कारोड भारुको व्यापार गरेको छ । व्यापार विश्लेषकका अनुसार यो फिल्म छिट्टै २०० करोड भारुको आंकडा पार गर्ने छ ।


‘द कश्मीर फाइल्स’ले ‘सूूर्यवंशी’, ‘स्पाइडरम्यान’लाई पछि पारेको छ  । तरण आदर्शले सोशल मिडियामा पोस्ट सेयर गरेर फिल्मले भारतमा दोस्रो साताको चौथो दिन अर्थात ११ औ दिनमा १२.४० करोड भारुको बक्स अफिस कलेक्सन गरेको बताएका छन् । यो भन्दा पहिले फिल्मले दोस्रो साताको तेस्रो दिन २६.२० करोड, दोस्रो दिन २४.८० करोड र पहिलो दिन १९.१५ करोड भारुको व्यापार गरेको थियो । यसैगरी फिल्मले भारतमा ७ दिनमा अर्थात पहिलो सातामै ९७.३० करोड भारु बक्स अफिसमा कलेक्सन गरेको थियो । यस किसिमबाट फिल्मले ११ दिनमा हाल सम्म भारतमै कुल १७९.८५ करोड भारुको व्यापार गरेको छ ।

तरण आदर्शले पोस्टमा यो फिल्मलाई ऐतिहासिक, सबै समयको ब्लकबस्टर र सेन्सेसनल भएको पनि बताएका छन् । महामारीपछिको समयमा दोस्रो साताको व्यापारको मामिलामा ‘द कश्मीर फाइल्स’ले ‘सूर्यवंशी’,‘८३’ र हलिउडको उत्कृष्ट मानिएको फिल्म ‘स्पाइडर म्यान’ को रेकर्ड नाफालाई पछि पारेको छ । रिपोर्टका अनुसार दोस्रो सातामा सूर्यवंशीले १६२.५० करोड भारुको खुद व्यापार गरेको थियो ।

दोस्रो सातामा फिल्मका लागि ४००० हलको व्यवस्था
धेरैजस्तो अवस्थामा फिल्म रिलिज भएको दोस्रो सातामा फिल्मको कलेक्सन घट्न थाल्छ । तर ‘द कश्मीर फाइल्स’को मामिलामा यस्तो भएको छैन ।

लगभग १२ करोडको लागतमा बिना कुनै ठूला स्टार ‘द कश्मीर फाइल्स’ बलिउडको यस्तो पहिलो फिल्म हो, जसको व्यवसायमा लगातार उछाल देख्न पाइएको छ । यती मात्रै होइन पहिलो दिनमा फिल्मका लागि पुरै देशमा केवल ६०० हल मात्रै प्राप्त भएको थियो । तर फिल्मप्रति दर्शकको आकर्षणका कारण हलको संख्या ६०० बाट बढाएर २००० पुर्याइएको थियो । अब दोस्रो साताको सुरुवातमा फिल्मका लागि हलको संख्या ४००० पुर्याइएको छ ।

यस फिल्ममा अनुपम खेर बाहेक मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी, पुनीत इस्सर, मृणाल कुलकर्णी समेत कयौ कलाकारले लीड रोल गरेका छन् । ‘द कश्मीर फाइल्स’ मा कश्मीरी पंडितहरुलाई ९० को दशकमा आफ्नै राज्यबाट निकालिएको कहानी देखाइएको छ । फिल्म अभिषेक अग्रवालले प्रोड्यूस गरेका हुन्। -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।