ताजा अपडेट »

बुटवलमा काँग्रेसको उमेद्वार छनोट शुरु, बुटवल-९ बाट श्रेष्ठ अध्यक्षमा उठ्ने

मंगलबार, ०८ चैत्र २०७८, १६ : २९
2 Shares

बुटवल । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिकाले आफ्ना उमेद्वार छनोट तथा घोषणा शुरु गरेको छ । यसैबीच उपमहानगरको वडा नम्बर ९ का लागि प्रदिपकुमार श्रेष्ठ अध्यक्षका उमेद्वार हुने भएका छन् ।

काँग्रेसको मंगलबार सम्पन्न वडा भेलाले श्रेष्ठ अध्यक्ष रहनेगरी अन्य सदस्य उमेद्वारहरुको समेत टुङ्गो लगाएको छ । वडा सदस्यहरुमा खुल्लाबाट सुर्यबहादुर कार्की र विवस पुरी भरत तथा महिलाबाट ईन्दिरा ज्ञवाली र दलित महिलाबाट मायाँ परियारलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । काँग्रेसभित्र आपसमा नमिलेकै कारण अघिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारले हार व्यहोर्नु परेको भन्दै अहिले जसरी पनि जीत हात पार्नेगरी काँग्रेस मिलेर अगाडि बढिएको मनकामना टोल समितिका सचिव तथा स्थानीय काँग्रेस नेता नारायण खनालले जानकारी बताए ।

काँग्रेसका वडा सभापति तथा अध्यक्ष पदका उमेद्वार श्रेष्ठले पार्टीमा अहिले कुनै प्रकारको मनमुटाव नरहेको र सबैले एकमतका साथ सर्वसम्मत उम्मेदवार चयन भएकाले जीत निकाल्न सकिन्छ भन्ने विश्वास बढेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।