ताजा अपडेट »

सेयर बजार दोहोरो अंकले वृद्धि

मंगलबार, ०८ चैत्र २०७८, १६ : ०१
22 Shares

काठमाडाैँ । नेपाली सेयर बजार नेप्से मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक मंगलबार १६ दशलमव ०४ अंकले वृद्धि हुँदा २६ सय ५० दशलमव ७० अङ्कमा पुगेको छ  ।

नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०३ अंकले बढेर ४ सय ९९ दशमलव ३३ पुगेको छ ।  नेप्सेमा  ५३ लाख २९ हजारमा नौ सय ९३ कित्ता सेयर किनबेच हुँदा कारोबार हुँदा दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपयाँको सेयर कारोबार भएको छ ।

 इमर्जिङ् नेपाल लिमिटेड को सेयर १० प्रतिशतले ५७ रुपैयाँ १० पैसा  बढेर बजारमा मूल्यमा सर्किट लागेको थियो । इमर्जिङ्  नेपाल लिमिटेडको सर्किट मूल्य सँगै सेयर मूल्य ६ सय २८ रुपैयाँ पुगेको छ ।  मंगलबारको बजारमा एक सय ६ कम्पनीले नाफा कमाएका छन् भने ७७ कम्पनीका सेयर धनीले गुमाएका छन् । 

सबैभन्दा धेरै प्रभु इन्स्योरेन्स कम्पनी को प्रमोटर सेयर १५ करोड ३३ लाख ४० हजार रुपैयाँ सेयर खरिद बिक्री भएको छ भने नेपाल टेलिकम १० करोड र शिवम् सिमेन्टको आठ करोड बराबरको सेयर खरिद बिक्री भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।