ताजा अपडेट »

स्याङ्जामा सवारी दुर्घटनाः रुपन्देहीका २७ वर्षीय पटेलको मृत्यु

सोमबार, ०७ चैत्र २०७८, १६ : ५७
6 Shares

बुटवल । स्याङ्जाको गल्याङमा सोमवार दिउँसो भएको सडक दुर्घटनमा एक जनाको मृत्यु भएको छ । वालिङबाट बुटवलका लागि छुटेको ग १५ प ७४४७ नम्वरको मोटरसाईकललाई बिपरित दिशाबाट आईरहेको लु २ ख ५२९० नम्वरको र्फोस गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रुपन्देहीको सुद्धोधन गाँउपालिका ५ स्थायी घर भई गल्याङको कुशल मोटरसाईकल वर्कशपमा काम गर्ने २७ वर्षीय जितेन्द्र पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा गल्याङ नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।