ताजा अपडेट »

बुटवलमा रोजगार तथा रोजगार दाताका लागि श्रम बैंकको स्थापना

सोमबार, ०७ चैत्र २०७८, १५ : ४७
10 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले श्रम बैंक पोर्टलको सुरुवात गरेको छ । बेरोजगार नागरिक र रोजगारदाताहरु बीचको समन्वयका लागि सहयोग पुग्ने गरि स्थापना गरिएको पोर्टलको सोमबार एक कार्यक्रमका बीच उपमहानगर प्रमुख शिवराज सुवेदीले समुद्घाटन गरेका छन् ।

श्रम बजारमा बेरोजगार रहेका नागरिकहरुको पहिचान गरि यहाँका उद्योग, कलकारखाना तथा व्यापार व्यवसाय लगायत रोजगार दाता संस्थाहरुका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन श्रम बैंकले सहयोग गर्ने प्रमेख सुवेदीले दावी गरे । स्थापना गरिएको श्रम बैंकमा गएर बेरोजगार नागरिकहरुले आफ्नो विवरणसहित आफूले गर्न चाहेको कामको बारेमा खुलाएर आवेदन दर्ता गर्न पाउने छन् ।

रोजगार दाताहरुले आफ्ना लागि आवश्यक जनशक्ति यही पोर्टल मार्फल माग गर्न सक्ने छन् । यो पोर्टलको सुरुवातसँगै यहाँको बेरोजगारीको समस्या समाधान हुनुका साथै जनशक्तिको अभाव नहुने अपेक्षा व्यक्त गरे ।

यसैगरी उपप्रमुख गुमादेबी आचार्यले शम बैंकको स्थापनासँगै रोजगार र जनशक्तिको व्यवस्थापनमा सहयोग पुग्ने बताइन् । उपमहानगरलाई आर्थसक रुपमा समृद्ध बनाउनका लागि यसले सहयोग पुग्ने उल्लेख गरिन् । सहयोगी संस्थाका रुपमा रहेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजुले निजी क्षेत्रसँगको सहकार्यमा उपमहानगरले नयाँ अभ्यासको सुरुवात गरेको भन्दै खुशी व्यक्त गरे ।

सञ्चालनमा आएको रोजगार पोर्टलले यहाँ रोजगारदाताहरुले विदेशी कामदारको भर पर्नु पर्ने तथा जनशक्ति अभाबको अन्त्य हुने विश्वास व्यक्त गरे । यसैगरी बेरोजगार जनशक्तिले आफ्नो क्षमता अनुसारको रोजगारीको अवसर प्राप्त गर्ने उल्लेख गरे ।

रोजगार बैंक बारे जानकारी गराउँदै सुदृढ नर्प परियोजनाका अर्थविज्ञ मनोज पौडेलले हालसम्म पोर्टलमा २ हजार बढी रोजगार चाहनेहरुको डाटा राख्ने काम भइसकेको जानकारी गराए । रोजगार चाहने नागरिकले देश वा देश बाहिर रहेको अवस्थामा पनि बुटवल रोजगार डटकमुमा गई अनलाईन फर्म भर्न सक्ने छन् ।

उक्त फर्म भर्दा आफ्नो क्षमता, आफूले चाहेको रोजगार तथा अपेक्षा गरेका सेवासुविधा सबै खुलाएर आवेदन दिन सक्ने छन् । यसैगरी रोजगार दाता निकायले आफूलाई आवश्यक जनशक्ति लगायत सबै विषय खुलाएर जनशक्ति माग गर्न सक्ने छन् । यसरी रोजगार दाता र रोजगार चाहनेहरुले यो बैंक मार्फत सम्पर्क स्थापना गरि फाइदा लिन सक्ने परियोजनाका अर्थविज्ञ पौडेलले जानकारी दिए ।

जब पोर्टलको सुदृढ नर्प परियोजनाको आर्थिक तथा प्राविधिक सहयोग र बुटवल उद्योग वाणिज्य संघकोे सहकार्यमा सुरुवात गरिएको परियोजनाकी प्रोजेक्ट कोर्डिनेटर बेबी शाहले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।