ताजा अपडेट »

यूएईले दियो २०३ रनको लक्ष्य

सोमबार, ०७ चैत्र २०७८, १५ : १६
8 Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईले नेपाललाई २०३ रनको मध्यम लक्ष्य दिएको छ । 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन बनाएको हो । 

युएईका लागि रोहन मुस्तफाले अर्धशतकिय पारी खेले । उनले ७३ बलमा २ चौका र १ छक्काको मद्दतमा ६० रन जोडे । ओपनरद्वय मोहम्मद वासिम र चिराग सुरीले क्रमश: ३३ र २६ रन बनाउँदा विस्फोटक ब्याट्सम्यान वृत्य अरविन्द २४ रनमै आउट भए । 

यस्तै, सिपि रिजवानले ४, बासिल हामिदले १७, कासिफ दाउदले ३, अलिशान शराफुले २१, जहुर खानले ९ रन बनाए । अहमद रजा शून्य रनमै आउट भए । 

नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल कामी र करण केसीले दुई/दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान एक/एक विकेट लिए । 

नेपाली टोली-
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकिपर), पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, विक्रम सोब र सोमपाल कामी ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।