ताजा अपडेट »

१३३ यात्रु सवार जेट विमान दुर्घटनाग्रस्त

सोमबार, ०७ चैत्र २०७८, १५ : १३
6 Shares

बेइजिङ । चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ । १३३ यात्रु सवार चाइना इस्टर्नकाे बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसी क्षेत्रमा दुर्घटनग्रस्त भएको हो । 

चाइना सेन्ट्रेल टेलिभिजनले भन्यो, ‘१३३ यात्रु सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान ग्वाङसीकाे टेङ काउन्टीमा दुर्घटनाग्रस्त भएको छ र पहाडमा आगलागी भएको छ । ’सो विमान स्थानीय समयअनुसार १ बजेर १५ मिनेटमा चीनको कुन्मिङबाट ग्वाङझोउका लागि उडेको थियो ।

सो विमान एउटा पहाडी क्षेत्रमा ठोक्किएपछि आगो लागेको प्राप्त प्रारम्भिक  विवरणहरुमा जनाइएको छ । घटनास्थलमा उद्दार समूह पठाइएको बताइएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।-एजेन्सी 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।