ताजा अपडेट »

नारायणी नदी किनारमा प्लास्टिकजन्य फोहोरमैला टिप्दै राजेश हमाल, सरसफाइमा सक्रिय हुन आग्रह

सोमबार, ०७ चैत्र २०७८, १३ : ४१
18 Shares

काठमाडौं । अभिनेता राजेश हमाल नवलपरासी पुर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारको सरसफाइमा सहभागी भएका छन् । नदी किनारा सफाइ गर्दै उनले सबैलाई सहभागी हुन् आग्रह पनि गरे । 

हमालले स्थानीय संस्था, व्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाइमा सक्रिय हुन आग्रह गरे । उनको आग्रहपछि नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानीय जुटेका थिए । सोमबार बिहान ७ देखि ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरेका हुन् ।

‘आज हामीले एकदिन, केहीबेर सफाइ गरेर सधैंका लागी हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो,’ अभिनेता हमालले भने, ‘यहाँ घुम्न आउने पर्यटकहरूले नै यी कुरा बुझ्नु जरुरी छ ।’ उनले झन्डै एक घन्टा आफैंले सफारी गाडी चलाएर त्यस क्षेत्रको अवलोकनसमेत गरेका थिए । केही दिन अगाडि मात्र अभिनेता हमालले काठमाडौंमा फोहोर व्यवस्थापनलगायतका काममा जनप्रतिनिधि सक्रिय नदेखिएको भन्दै ‘मेयर बन्नु पर्छ कि क्या हो ?’ भन्दै व्यंग्य गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।