ताजा अपडेट »

आफ्ना नेतालाई ओलीको निर्देशन- मतपत्रको रक्षा गर्नू

सोमबार, ०७ चैत्र २०७८, १३ : २७
4 Shares

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आसन्न स्थानीय तहको निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् । काठमाडौंमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धनबीच मिलेमतोको आशंका गर्दै सचेत र सावधानी अपनाउन आफ्ना नेताहरूलाई निर्देशन दिएका हुन् । 

एमालेसँग कुनै छलफल नै नगरी आयोगले नियम र आचारसंहिता बनाएको भन्दै ओलीले चुनाव निष्पक्ष हुनेमा आशंका व्यक्त गरे । मतदानदेखि मतगणना नहुँदासम्म मतपत्रको रक्षा गर्न ओलीले निर्देशन दिएका हुन् । स्थानीय तहको निर्वाचन आउँदो ३० वैशाखमा हुँदै छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।