ताजा अपडेट »

कपिलवस्तुको विजयनगरमा आगलागी : गोठमा रहेको भैँसी जलेर नष्ट

शनिबार, ०५ चैत्र २०७८, १३ : ३९
6 Shares

बुटवल । कपिलवस्तुको विजयनगर गाउँपालिकामा शनिबार दिउसो आगलागी भएको छ । विजयनगर–४ डगडौवाका स्थानीय भरत किशोर यादवको गोठमा आगलागीमा परी एक भैँसी जलेर नष्ट हुनुका साथै पाडा घाइते भएको छ ।

मध्यान्न साढे १२ बजेदेखि लागेको आगाे आधा घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । आगलागीबाट गोठमा भएका सबै काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको कारण तथा घटना बारे थप जानकारी बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।