ताजा अपडेट »

एमालेले स्थानीय निर्वाचनमा ७५३ मध्य ४ सय सिट जित्नैपर्छ: अध्यक्ष ओली

शनिबार, ०५ चैत्र २०७८, ११ : ३२
2 Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा ४ सय वढी सिट जित्नुपर्ने बताएका छन् ।

नेकपा एमाले सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ७५३ स्थानीय तहमध्ये ४०० बढी सिट जित्नुपर्ने बताएका हुन् ।

नेकपा एमाले सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाल ३५ हजारमध्ये १४ हजार जनप्रतिनिधि एमालेका रहेको बताए ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट २० हजार जनप्रतिनिधि जिताउनुपर्ने उनको भनाई छ। त्यति भए मात्र राष्ट्रिय सभामा बहुमत सदस्य पुग्ने ओलीको हिसाब छ। वृद्धा वृद्ध, गृहिणी, युवा कसैले पनि अहिलेको गठबन्धनलाई भोट हाल्न नसक्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।