ताजा अपडेट »

पाल्पामा बस र हाइस ठोक्किँदा १३ जना घाइते, २ को अवस्था गम्भीर

आइतबार, २९ फागुन २०७८, १९ : ५८
18 Shares

बुटवल । पाल्पामा बस र हाइस एक आपसमा ठोक्किँदा१३ जना घाइते भएका छन । आइतबार गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको बा ५ प २२८७ नम्बरको हाइस र पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको लु १ ख ९७९४ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका ३, सिरूखर्कमा बस र हाइस आपसमा ठोक्किएका थिए ।

घाइते मध्य गुल्मीको रेसुङ्गा नगरपालिका ४ बस्ने वर्ष ७० को हेमलाल पन्थी र कपिलवस्तु वाणगंगाकी २६ वर्षीय सरस्वती कुँवरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते सबैको युनाइटेड मिशन अस्पताल तानसेनमा उपचार भईरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।