ताजा अपडेट »

शौर्य सिमेन्टद्वारा पोखरामा ‘ईञ्जिनियर मिट’

आइतबार, २९ फागुन २०७८, १७ : ०५
4 Shares

फागुन। शौर्य सिमेन्ट ईण्डष्ट्रिज प्रालिको उत्पादन शौर्य सिमेन्टले गण्डकी प्रदेशमा घर बनाउने जो सुकैका लागि एउटा पिल्लर निःशूल्क बनाईदिने योजना सार्वजनिक गरेको छ । प्रा.लिले शनिबार पोखरामा आयोजना गरेको ‘ईञ्जियर मिट’ कार्यक्रममा ब्राण्ड म्यानेजर अनुज कुमार महतले यस्तो जानकारी सार्वजनिक गरेका हुन् ।

१० महिना अघि सिराहाको मिर्चैयास्थित उद्योगबाट उत्पादन थालेको सिमेन्टका बारेमा जानकारी दिनका लागि पोखराका इञ्जिनियरहरु संगको भेट कार्यक्रममा यस्तो योजना सार्वजनिक गरे । उनले सिमेन्टको बारेमा जानकारी दिँदै आफूहरुले गुणस्तरमा कुनै सम्झौता नगर्ने बताए । उनले भने, ‘हामीले गुणस्तरमा कुनै कम्प्रमाइज गर्दैनौं । जसका लागि गण्डकी प्रदेशमा घर बनाउनेहरुका लागि अन्य सिमेन्ट र हाम्रो सिमेन्ट विचको फरक छुट्टाउन हामी एउटा पिल्लर बनाइदिन्छौं । त्यसलाई ल्याव परीक्षणपछि तत्काल थाहा हुन्छ हाम्रोे गुणस्तर कस्तो हुन्छ ।’ उनले थपे ‘सपनाको घर बनाउने क्रममा आम सर्वसाधरणहरुलाई विश्वस्त तुल्याउन यस्तो योजना ल्याइएको हो ।’

उत्पादन शुरु गरेको छोटो अवधीमा प्रालिले भित्र्याएको अत्याधुनिक नयाँ प्रविधिका कारण लामो समयदेखि स्थापित उद्योगहरुसंग प्रतिस्पर्धा गर्न आफूहरु सफल भएको उनले सुनाए । कम्पनीले नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेकाले उक्त गुणस्तर कायम राख्न अत्याधुनि प्रविधीहरुको प्रयोग गरिएको पनि बताए । उनले थपे, ‘स्वदेशी लगानीमा सञ्चालित उद्योगले अन्तराष्ट्रिय स्तरको गुणस्तरमा उत्पादन गर्नु धेरै ठूलो उपलब्धी हो ।’ नेपाल आफै सिमेन्टमा आत्मनिर्भरको बाटोमा छ, भने छिमेकी देशरुबाट आयात हुने सिमेन्ट करिव प्रतिस्थान भैसक्यो भन्दा हुन्छ ।’
यस्तै कार्यक्रममा कम्पनीका टेक्निकल हेड दिवश देबकोटाले सिमेन्टमा हुनुपर्ने सबै गुण आफूहरुको उत्पादनमा रहेको बताए । उनले भने ‘हामीले उदयपुरको सुनजस्तो चुनढुंगालाई कच्चा पदार्थका रुपमा प्रयोग गरेका छौं । जुन एकदमै राम्रो छ ।’ ‘गुणस्तरिय उत्पादनकै कारण हाम्रो ब्राण्ड देशभरका १५० बढी ठूला आयोजनाहरुमा प्रयोग भइरहेको छ ।’ उनले थपे ।

यस्का साथै कम्पनीले गुणस्तरमा ध्यान दिँदै दैनिक ३ हजार ५ सय मेट्रिक टन उत्पादन गरिरहेको पनि उनले बताए । अरु सिमेन्टभन्दा विशेष प्रकारको बोरामा उपलब्ध सिमेन्ट अन्यको तुलनामा बढी उपयुक्त भएको उनले बताए । करिब २५ कराडको लगानीमा सञ्चालनमा आएको कम्पनीले हाल ओपीसी ४३ ग्रेड, ओपीसी ५३ ग्रेड, पीएससी, पीपीसी, लो अल्काली लगायतका सिमेन्ट बजारमा उपलब्ध छन् । गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा बजार विस्तार, उद्योगले प्रयोग गरेको प्रविधी र आफूहरुले छोटो समयको अवधीमा प्राप्त गरेको सफलताको बारेमा जानकारी दिने उद्देश्यले पोखरामा कार्यक्रम गरिएको ब्राण्ड म्यानेजर महतले जानकारी दिए । कार्यक्रममा करिव ५० जना इञ्जिनियरहरु सहभागी भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।