ताजा अपडेट »

मन्त्रालय थप गरेपनि लुम्बिनी प्रदेश सरकारले मितव्ययी भएर खर्च गरेको छ : मुख्यमन्त्री केसी

आइतबार, २९ फागुन २०७८, १६ : ४९
8 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रालयहरु थप गरे पनि खर्चमा मितव्ययीता अपनाइएको दाबी गरेका छन् । यसअघिको ७ वटा मन्त्रालयहुँदाभन्दा हाल १३ मन्त्रालय भए पनि चालु खर्चमा कमी आएको दाबी गर्दै उनले मन्त्रालयको संख्या थप गर्ने कामलाई बचाउ गरेका छन् ।

हाटबजार व्यवसायी संघ रुपन्देहीको १६ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशनलाई आइतबार बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री केसीले सो कुरा बताएका हुन् । विगतको सरकारलेभन्दा आफूहरुले राम्रो र जनपेक्षित काम गर्न सकेको उनले आसय व्यक्त गरे । यसैरी हाटबजार व्यवस्थापनमा प्रदेश सरकारकोभन्दा बढी भूमिका स्थानीय सकारको हुने भन्दै उनीहरुलाई जिम्मेवार हुन आग्र गरे । बजार व्यवस्थापन तथा सञ्चालनका लागि स्थानीय सकारले नै व्यवस्थित योजना निर्माण गरी अघि बढ्नुपर्ने उनले उल्ले गरे । आवश्यक पूर्वाधार तथा संरचना निर्माणका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने भएपनि साना व्यवसायी तथा हाट बजार व्यवस्थापनको सम्पूर्ण जिम्मा स्थानीय सकारले लिनु पर्ने बताए ।

हाटबजारमा समाजका सबै नागरिकको पहुँच हुने भएकाले यसलाई व्यवस्थीत रुपमा सञ्चालन गनुपर्ने उनले उल्लेख गरे । हरेक क्षेत्रमा श्रम गर्ने श्रमिकले श्रमको उचित मुल्य पाउनु पर्ने बताउँदै उनले हाटबजारमा सानो व्यवसाय गरि दैनिकी चलाइरहेका साना व्यवसायीहरुको हितको लागि प्रदेश सरकारले योजना बनाएर काम गरिरहेको बताए । हाटबजारका व्यवसायीहरुले बुझाउने कर धेरै भएको भन्दै व्यवसायीहरुले गुनासो गरिरहेकाले यसलाई घटाउन स्थानीय सरकारसँग समन्वय गरि अघि बढ्ने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले जिल्लाका १६ वटै पालिकामा सञ्चालीत हाटबजारलाई व्यवस्थीत गर्ने काम भइरहेको बताए । सबै काम एकैपटक सम्पन्न गर्न सम्भव नहुने बताउँदै बजार क्षेत्रको आवश्यकताका आधारमा हाटबजारलाई व्यवस्थीत गर्ने काम भइरहेको बताए ।

कार्यक्रममा बोल्ने व्यवसायीहरुले हाटबजार क्षेत्रको सरसफाई र व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । यसैगरी नेकपा एमाले जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, नेपाली कांग्रेस बुटवलका नगरसभापती खेलराज पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, हाटबजार व्यवसायी संघका पुर्व अध्यक्ष खिमलाल ज्ञवाली, प्रकाश खनाल लगायतले बोल्दै बजारलाई व्यवस्थित गराउन जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।