ताजा अपडेट »

आमालाई औषधि किन्न जाँदा रुसी ट्यांकको हमलामा परिन भ्यालेरिया

आइतबार, २९ फागुन २०७८, १५ : ०८
4 Shares

न्युयोर्क ।  आफ्नी बिरामी आमालाई औषधि किन्न जाने क्रममा रुसी ट्यांकको हमलामा एक युक्रेनी महिलाको मृत्यु भएको छ । भ्यालेरिया माक्सेत्स्का नाम गरेकी ती महिला आफ्नी आमा र चालकसँगै राजधानी किभनजिकै मारिएका हुन् । उनी अन्तर्राष्ट्रिय विकाससम्बन्धी अमेरिकी सहयोग नियोग यूएसएडमा कार्यरत थिइन् । 

भ्यालेरिया सुरुमा रुसीहरूबाट घेराबन्दीमा परेका वासिन्दाहरूलाई सहयोग गर्न किभमा बस्ने योजना बनाएकी थिइन् । तर, आमालाई औषधि अभावपछि त्यहाँबाट अन्यत्र जाने निर्णय गरेका थिइन । एउटा ट्यांकले भ्यालेरिया र उनकी आमा चढेको गाडिमा गोली चलाएको थियो । पश्चिम किभको एउटा बाटोमा रुसी सेनाको बख्तरबन्दलाई अगाडि बढ्न बाटो दिइरहेका बेला उनीहरु आक्रमणमा  परेका थिए । 

२० करोड डलर मूल्यका हतियार सहयोग
यसैबीच रुसी हमलाबाट जोगाउन अमेरिकाले २० करोड डलर मूल्य बराबरको साना हतियार, एन्टी ट्यांक र एन्टी एयरक्राफ्ट हतियार सहोग गर्ने भएको छ । 

युक्रेनी अधिकारीहरूले रुसी सेनाको भारी गोलाबारीबाट बचाउन थप उपकरणहरू माग गरिरहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई थप सुरक्षा सहयोगको अधिकार दिएको ह्वाइट हाउसले जनाएको थियो । यस कदमले युक्रेनमा नयाँ सैन्य उपकरणको ‘तत्काल’ ढुवानी सुरु गर्ने एक वरिष्ठ प्रशासन अधिकारीले बताएका छन् ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।