ताजा अपडेट »

तिलोत्तमामा रोजगारकाे ग्यारेन्टीसहित ६ महिने सिलाई कटाई तालिम

आइतबार, ०१ फागुन २०७८, १३ : ३७
38 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा ६ महिने सिलाई कटाई तालिम तथा रोजगार प्रवर्द्धन कार्यक्रम आइतबारदेखि सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको सहयोग र नसिब गार्मेन्ट उद्योग प्रालिको व्यवस्थापनमा दक्ष कामदार उत्पादन गर्ने उद्देश्यसहित तालिम सुरु भएको हो ।

तालिमको उद्दघाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बाशुदेव घिमिरेले रोजगारी सृजना गर्ने लक्ष्य सहित ५० जनालाई सहभागी गराई ६ महिने तालीम सञ्चालन गर्न थालिएको बताए । उनले तालिममा सहभागी भएरकाहरुलाई रोजगारीको ग्यारेन्टी भएको बताए । तालिममा २ जना प्रशिक्षकले प्रशिक्षण दिनेछन् ।

नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले नगरपालिकाले रोजगारी सृजनाका विभिन्न कार्यक्रम गरिरहेको बताइन् । नसिब गार्मेन्टका अध्यक्ष विष्णु भुसालले रोजगारीका लागि गार्मेन्ट उपयुक्त भएको बताए । भुसालले आउदो वर्षभित्र नबिस गार्मेन्ट ८०० सयलाई रोजगारी दिने बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले तालिम उपयुक्त भएको सही सदुपयोग गर्न आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।