ताजा अपडेट »

५ लाख घुस खाने अख्तियारको फन्दामा

विहीबार, १७ माघ २०७५, १५ : ४५
2 Shares

माघ १७, काठमाडौं–काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परेका छन् ।
 सवारी ज्यान मुद्दा सहज गराइदिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५ लाख घुससहित पक्राउ गरेको हो ।
अख्तियार प्रवक्ता रामेश्वर दंगालले पाँच लाख घुसबापतको रकम लिइसकेको अवस्थामा वन परिसर बबरमहलबाट उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।