ताजा अपडेट »

पनौतीको मकर मेलामा दर्शनार्थीको संख्या बढ्यो, आवागमनमा समस्या

विहीबार, २७ माघ २०७८, १२ : १२
2 Shares

काठमाडौं । काभ्रेपलान्चोकको पनौतीमा लागेको मकर मेला दर्शन गर्न जाने दर्शनार्थीको संख्या बढेको छ । दर्शनार्थीको संख्या बढ्दा सवारी आवागमनमा समस्या भएको छ । भक्तपुरको जगाती भएर भित्रिने र बाहिरिने सवारी साधन क्युमा चलिरहेका छन् । काभ्रेपलान्चोकको पनौतीमा लागेको मकर मेलामा जाने आउने दर्शनार्थीहरुको संख्या धेरै नै भएका कारण सवारी क्युको अवस्था रहेको हो,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पछिल्लो दिनमा सार्वजनिक र निजी सवारी सधानमा लगाइएको जोरविजोर प्रणाली खारेज भएपछि पनौतीमा लागेको मकर मेला हेर्न जानेको संख्या बढेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।