ताजा अपडेट »

धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखबीच अन्तरक्रिया

विहीबार, २७ माघ २०७८, ११ : २३
6 Shares


काठमाडौं । काभ्रेको धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखबीच अन्तरक्रिया आयोजना भएको छ । अन्तरक्रियाको सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बिहान उदघाटन गरेका छन् ।

संघीय संसद सचिवालयको आयोजनामा राष्ट्रिय सभाका माननीय उपाध्यक्ष र प्रदेश सभाका माननीय उपसभामुखबीच अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रम राखिएको हो । प्रदेश सभाका उपसभामुखहरूले प्रदेश सभा सञ्चालनसम्बन्धी अनुभूति तथा प्रदेश सभाको विषयमा आ–आफ्ना धारणा राखिरहेका छन् । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश तिमिल्सिनाले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।