ताजा अपडेट »

बढ्यो सुनको मूल्य

विहीबार, २७ माघ २०७८, ११ : ०९
4 Shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर रहेकोे छ । बुधबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही भाउ कायम भएकाे महासंघले जनाएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।