१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा आवश्यक स्थान र समयमा आफूले बोलेको भन्दै प्रमुख विपक्षी नेता राहुल गान्धीको आलोचना गरेका छन् ।

Advertisement

सीमा विवाद र बढ्दो बेरोजगार जस्ता विषयमा संसदमा प्रष्टिकरण नदिएको भन्दै राहुलले मोदी र केन्द्र सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको सो भनाई आएको हो । राहुलले उठाएका अधिकांश विषयमा सम्बन्धित मन्त्रीले सदनमा जबाफ दिएको समेत मोदीले बताएका छन् । भारतीय समाचार संस्था एएनआईसँगको एउटा अन्तवार्तामा मोदीले राहुललाई ‘नसुन्ने र संसदमा नबस्ने व्यक्ति’ भन्दै उनको कटु आलोचना गरेका छन् । 

संसदको बहसलाई आफूले स्वागत गर्नेमा जोड दिँदै आफू र आफ्नो सरकारले कसैलाई आक्रमण नगर्ने र छलफलमा विश्वास गर्ने मोदीले बताए । 
‘म कसैलाई आक्रमण गर्ने भाषा बुझ्दिन र मेरो यस्तो स्वभाव पनि छैन् । तर, तर्क र तथ्यका आधारमा केही हलचल (विवाद) ल्याउन सञ्चार माध्यमले सदनमा मेरा शब्दलाई व्याख्या गरेको हुन सक्छ,’ उनले भने ।

राष्ट्रपतिको सम्बोधनलाई संसदमा धन्यवाद दिनका लागि बोल्ने क्रममा बेरोजागार, चीनसँगको सीमा विवाद र कंग्रेस पार्टीका कार्यकर्तामाथिको आक्रमणबारे राहुलले उठाएका प्रश्नको जबाफ नदिएको प्रधानमन्त्रीमाथि आरोप लाग्दै आएको छ ।

राहुलका प्रश्नले प्रधानमन्त्री रिसाएको समेत आरोप लाग्दै आएको छ । सो विषयमा विस्तृत वर्णन गदैै प्रधानमन्त्रीले भने, ‘हामी कसैलाई हमला गर्दैनौं । बरु, वार्तामा विश्वास गर्छौं । संसदमा धेरै पटक बहस, अवरोधहरु भएका छन् । म यसलाई स्वागत गर्छु । तसर्थ, यी विषयमा म रिसाउनुपर्ने कुनै कारण छैन् ।’
 

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड