१६ माघ २०७९, सोमबार

Jan 30, 2023

काठमाडाैं । नेपाली राजदूतावास, मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएकाे छ । मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएकाे हाे ।

Advertisement

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आएर लामो समयदेखि कामदारको रुपका कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न पुगेका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको सुरुआत गरिएको छ ।

राहदानी विभागबाट उनको राहदानी प्रिन्टसमेत गरेर सफलतासाथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमै ३३ जनाको राहदानी नवीकरणका लागि लाइभ इन्‍रोल्मेण्ट गरेका छन् ।

राजदूतावासले सुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेकाे दूतावासले जनाएकाे छ ।

विद्युतीय राहदानी शुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट भाग लिएका राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले अब मलेसियाबाट विद्युतीय राहदानी मात्र जारी  हुने र यन्त्रबाचक राहदानी जारी नहुने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु