ताजा अपडेट »

होटल याक एण्ड यतीसँगै मिनी क्यासिनोको ३८ करोड नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द

विहीबार, २७ माघ २०७८, ०७ : ३५
26 Shares

काठमाण्डाैं । क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्काे निर्णय पनि गरेका छन् ।

उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् । २० भदौ ०६७ मा  मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो  ।

तर, आर्थिक वर्ष २०७६-७७ सम्मको बक्यौता, आव २०७७/७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आवको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार  ६६४ रुपैयाँ नबुझाएपछि होटल बन्द हुनुका साथै मिनी क्यासिनोको लाइसेन्स रद्द भएको हो । ड्रिमल्याण्ड होटलले पर्यटन विभागको वर्गीकरणमै परेको छैन ।

ड्रिमल्याण्ड होटल र  आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ । लुम्बिनी प्रदेश सरकारलाई  पत्र लेख्दै  उक्त होटल मन्त्रालय वा निकाय अन्तर्गत दर्ता भएको भए  दर्ता खारेज गर्न भनिएको छ ।  ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ । याक एण्ड यतीकाे हाेटल वर्गीकरणस्तर र क्यासिनाेकाे लाइसेन्स रद्द भइसकेकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।