२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

मुगु । सोरु गाउँपालिकाले सम्झौताअनुसार अन्तिम किस्ताको रकम ५० लाख नदिएको भन्दै जलप रवि चक्र जेभीले मंगलबारदेखि तारापानी सिप जोड्ने मुगु कर्णाली नदीको पुल बन्द गरेको छ । बेलिब्रिज बन्द गरेपछि सवारीसाधन रोकिएका छन् ।

बेलिब्रिज निर्माण पूरा भएको एक बर्षसम्म पनि गाउँपालिकाले अन्तिम किस्ता रकम भुक्तानि नदिएपछि पुल बन्द गर्नु पर्ने अवस्था आएको कम्पनीका सन्चालक बखतबहादुर मल्लले बताए । कूल सम्झौता रकम तीन करोड ३७ लाखमध्ये दुई करोड ८७ लाख मात्र गाउँपालिकाले भुक्तानी गरेको र ५० लाख रुपैयाँ एक बर्षसम्म नदिएको उनको भनाइ छ । 

पुल बन्द भएपछि गमगढी आउनजान र ढुवानी गर्न बाधा भएको छ । २०७६ सालमा कम्पनीले गाउँपालिकासँग बेलिब्रिज निर्माण सम्झौत गरी २०७७ मा काम सम्पन्न गरेको थियो । आउँदो हिउँदे अधिवेशनमा गाउँपालिकाले रकम छुटयाएर कम्पनीलाई भुक्तानि दिने जनाएको थियो । तर कम्पनीले तत्कालै रकम माग गर्दै आएको थियो । रकम भुक्तानि नभएसम्म पुल नखोल्ने कम्पनीको चेतावनी छ । यसैबीच मुगुमा कार्मारोड जोड्ने लुम्स बेलिब्रिजको पनि अन्तिम रकम १० लाख नपाएको कम्पनीको भनाइ छ ।-खड्क सुनार/न्युज कारखाना

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता कर्णाली सरकारको निर्णय- १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने