ताजा अपडेट »

थप २४०१ कोरोना संक्रमण, १४ जनाको मृत्यु

बुधबार, २६ माघ २०७८, १७ : १७
4 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ नमुना परीक्षण गर्दा २ हजार ४ सय १ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् । र, आज थप १४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार २४१ छ । यसैबीच, पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।