ताजा अपडेट »

बुटवल, सैनामैना र कञ्चनमा मदिरा व्यवसायीको नगरकमिटी

बुधबार, २६ माघ २०७८, १७ : १२
14 Shares

बुटवल । मदिरा व्यवसायी संघ रुपन्देहीले व्यवसायीक हकहित, संरक्षण तथा समस्याहरुको पहिचान तथा समाधानको लागी नगरस्तरबाटै पहल गर्ने उदेश्यले जिल्लाका बिभिन्न नगरमा कमिटी निर्माणलाइ तिब्रता दिएको छ ।सोहि क्रममा बुटवलको पश्चिम तामनगर, दक्षीण योगीकुटी,पुर्व बेसक्याम्प, उत्तर गोलपार्कलाइ समेटेर मिन चौधरीको संयोजकत्वमा नया नगर कमिटी गठन गरिएको छ ।

जसको सह सयोजकमा यज्ञ पोख्रेल, सचिबमा सुरज पाण्डे, कोषाध्यक्षमा गौरब गौतम चयन भएका छन। यस्तै सदस्यहरुमा गिरिराज भुषाल, रमेश खनाल, अशोक श्रेष्ठ, पर्शुराम श्रेष्ठ, दशरथ चौधरी, बाला श्रेष्ठ, सरोज सापकोटा, बिनय थैब चयन भएका छन ।संस्थाका उपाध्यक्ष हिमालय भुषालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला अध्यक्ष कृष्ण गौतमको प्रमुख आतिथ्यता तथा निबर्तमान अध्यक्ष शम्भु भटराइको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको संचालन जिल्लाका महासचिब किशोर पन्थिले गरेका थिए । यस्तै बुधबार नै एक भेलाले मदिरा ब्यबसायी सघं रुपन्देही अन्र्तरगत कमल ज्ञवालीको संयोजकत्वमा सैनामैना कन्चन नगर कमिटी समेत गठन गरिएको छ । संस्थाका उपाध्यक्ष बाबुराम ज्ञवालीको अध्यक्षतामा तथा सघका सचिब मुकुन्द पा्ख्रेलको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा सहसंयोजकमा चुरामणी पाण्डे तथा सचिबमा संजय खनाललाइ चयन गरिएको छ ।

यस्तै कोषाध्यक्षमा दिवाकर ढकाल, सदस्यहरुमा लोकबहादुर थापा, राजु खत्री, चन्द्रमणी अर्याल, केशब न्यौपाने, राजु गौतम, कर्ण बहादुर बिक, दिपक आर्चाय रहेका छन । संघले यसैगरी जिल्लाका बिभिन्न नगरमा कमिटी निर्माण गर्दै सम्पुर्ण ब्यबसायीहरुलाइ एकताबद्ध गराइ ब्यबसायी हकहितको लागी प्रतिबद्ध रहने जनाएको छ । यस्तै सघंले भारतबाट अबैधरुपमा भित्रिने मदिरा तथा घरेलु मदिरालाइ निरुत्साही गर्न आग्रह गरेको सघंका महासचिब किशोर पन्थिले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।