ताजा अपडेट »

रेमिट्यान्स ५.५ प्रतिशतले घट्यो, ६ महिनामा ४ खर्ब ६८ अर्ब रुपैयाँ भित्रि्याे

बुधबार, २६ माघ २०७८, १६ : ३३
2 Shares


काठमाडौं ।  चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपाल भित्रने रेमिट्यान्स ५.५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स घटेको हो । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेकाे पछिल्लो ६ महिनाको विवरणअनुसार २०७८ साउनदेखि पुससम्म नेपालमा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ११.१ प्रतिशतले बढेको थियो । 

नेपाल भित्रने रेमिट्यान्स अमेरिकी डलरमा ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स  ६.७ प्रतिशतले बढेको थियो । पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ६७ हजार ५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।