ताजा अपडेट »

बुटवल उपमहानगरको ६३ औँ स्थापना दिवस: ६३ पिन्ट रगत संकलन

बुधबार, २६ माघ २०७८, १४ : ५३
2 Shares

बुटवल । बुटवल उपमहानगरको ६३ औँ स्थापना दिवसको अवसर पारेर नेपाल नगरपालिका कर्मचारी एशोसिएसनले रक्तदान गरेको छ।

बुधवार सम्पन्न रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको कार्यक्रम संयाेजक गीतादेवी पाण्डेले जानकारी दिए । रक्तदान नै जीवनदान भन्ने मुल नाराको साथ भएको उक्त कार्यक्रममा उपमहानगरपालिकामा कार्यरत कर्मचारी र सेवाग्राहीहरुले रक्तदान गरेका थिए ।

रगत संकलनमा प्रावीधिक सहयोग नेपाल रेडक्रस सोसाईटि बुटवल शाखाले गरेको थियो । रक्तदाताहरुलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले प्रमाणपत्र र मायाको चिनाे प्रदान गरेका थिए ।

स्थापना दिवसका अबसर फाल्गुन ३ गतेसम्म विभिन्न रचनात्मक क्रियाकलाप गरिने ऐशाेसियसन इकाई सचिव रेश्मीराज घिमिरेले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।