ताजा अपडेट »

चोरीका आधा दर्जन मोटरसाइकल धनीलाई फिर्ता

बुधबार, २६ माघ २०७८, १२ : २९
8 Shares

सर्लाही ।  विभिन्न समयमा बरामद भएका मोटसाइकल सर्लाही प्रहरीले धनीलाई बुझाएको छ । बुधबार एक कार्यक्रमबीच इलाका प्रहरी कार्यालय हरिवनले जनप्रतिनिधि, पत्रकार स्थानीयको रोहबरमा आधा दर्जन मोटरसाइकल धनीलाई बुझाएको हो । नियमित चेकजाँच तथा दुर्घटनामा परेर बरामद भएका ६ वटा मोटरसाइकल स्वयं धनीलाई फिर्ता गरिएको इलाका प्रहरी कार्यलय हरिवनका प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिए । 

बरामद भएका मोटरसाइकल धनी पत्ता लगाउने क्रममा विभिन्न समयमा चोरी भएको पाहिएको उनले बताए । बरामद मोटरसाइकल नम्बर परिवर्तन गरेर तथा स्वरूपसमेत परिवर्तन गरेर चलाइराखेको अवस्थामा फेला परेका हुन् । ‘हामीले चेकजाँच गर्ने क्रममा मोटरसाइकल चढेर आउने कागज लिएर आउँछु भनेर जान्छन्,’ प्रहरी निरीक्षक गिरीले भने, ‘उनीहरू नआएपछि सवारीधनीको पहिचान गर्ने गरेका छौं।’ 

यसरी फेला परेका सवारीका धनी पहिचान गर्न समस्या रहेकोसमेत उन्ले बताए । अझै केही मोटरसाइकल धनीको खोजी भइरहेको उन्ले भना छ । यसपटक इलाका प्रहरी कार्यालय हरिवनले प्रदेश ३-०३-००१ प २१ ८८, बागमती प्रदेश ३-०३-००१ प ४०२०, ना५७प ३८ ४०, बागमती प्रदेश ०२-०२७ प २६ २९, बा ९० प १०६३ र प्रदेश ३-०२-०२ प ४८८६ नम्बरको मोटरसाइकल धनीलाई फिर्ता गरेको जनाएको छ । 

हरिवन इलाका प्रहरी कार्यालयले पटक पटक गरेर डेढ दर्जन मोटरसाइकल धनीलाई फिर्ता गरिसकेको छ । यसअघिसमेत गरेर १६ वटा मोटरसाइकल धनीलाई फिर्ता गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको हो । यसरी आफ्नो चोरी भएको मोटरसाइकल प्रहरीमार्फत फिर्ता पाउँदा खुसी लागेको मोटरसाइकल धनी गोकर्णेश्वर नगरपालिका-४, काठमाण्डौ निवासी सुनिल गौतमले सुनाए ।

गौतमका अनुसार उन्को किनेको १५ दिन पनि नपुगेको मोटरसाइकल घरैबाट चोरी भएको थियो । प्रहरीले खबर गरेपछि मंगलबार मात्र मोटरसाइकल बुझ्न इलाका प्रहरी कार्यालय हरिवन सर्लाही आइपुगेको उनले बताए । यसरी हराएको मोटरसाइकल फेला परेर फिर्ता पाएको भन्दै सगरमाथा इन्स्योरेन्सका हरिवन शाखा प्रमुख हरि सिग्देलले खुसी व्यक्त गर्दौ प्रहरी प्रशासनलाई धन्यवाद दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।