२१ माघ २०७९, शनिबार

Feb 4, 2023

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरू निर्वाचनसम्बन्धी गतिविधिमा क्रियाशील भएका छन् । उम्मेदवारको सिफारिस माग्नेदेखि स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षणसँगै निर्वाचनमा गठबन्धन गरेर अघि बढ्नेसम्मका निर्णय दलहरूले गर्न थालेका छन् । केही दलहरू भने केन्द्रीय समिति बैठक राखेर नेताहरूलाई निर्वाचन केन्द्रित जिम्मेवारीमा खटाउने तयारीमा छन् ।

Advertisement

यसरी दलहरूको तीव्र तयारीले देश ‘निर्वाचनमय’ हुँदै गएको छ । मतदाताले आफ्ना प्रतिनिधिलाई मतदान गरेर निर्वाचित गर्दै स्थानीय सरकारमा पठाउन भने ९३ दिन बाँकी छ । यहीबीचमा प्रमुख विपक्षी दल एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण र अभिमुखीकरण गर्दैछ । 

आगामी फागनुको १ र २ गते प्रदेश १ को विराटनगरमा, ३ र ४ गते मधेस प्रदेशको जनकपुरमा, ६ र ७ गते बागमती प्रदेशको काठमाडौंमा, ८ र ९ गते गण्डकी प्रदेशको पोखरामा र ११ र १२ गते लुम्बिनी प्रदेशको बुटवल र दाङमा प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने तय भएको छ । १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेत र १६ र १७ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम गर्ने एमालेले जनाएको छ । प्रशिक्षणमा प्रदेश कमिटी इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका स्कुल विभागलगायत सहभागी हुने छन् । 

एमाले यसरी निर्वाचनको तयारीमा जुट्दा सत्तारूढ गठबन्धनको एउटा घटक एकीकृत समाजवादीले निर्वाचनमा गठबन्धनलाई कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ । सिंगो गठबन्धन निर्वाचनमा होमिनुपर्नेमा जोड दिएको छ ।  मंगलबारको सचिवालय बैठकपछि महासचिव डा. वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनको एकता कायम राख्दै गठबन्धनको शक्ति सम्पूर्ण रूपमा निर्वाचनमा केन्द्रित गर्नुपर्दछ । यस सन्दर्भमा हाम्रो पार्टी गठबन्धनमा सामेल सबै दलहरूलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आह्वान गर्दछ ।’

एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनविरुद्ध उभिएका पाँच दलको गठबन्धन छ । गठबन्धनकै सरकार छ । एकताबद्ध भएर निर्वाचनमा गएको अवस्थामा मात्रै एमालेलाई गठबन्धनले पराजित गर्न सकिन्छ भन्ने बुझाइ एकीकृत समाजवादीको छ । कुनै बेला स्वतन्त्र मधेसको एजेन्डा बोकेका डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले त उम्मेदवारको स्वघोषणा वा सिफारिस गर्न आह्वानसमेत गरिसकेको छ ।

उम्मेदवार हुन स्वघोषणा गर्ने वा सिफारिस गर्ने अन्तिम मिति आगामी १५ फागुन भनिएको छ । डा. राउत नेतृत्वको पार्टीले हालै मधेसमा किसान आन्दोलन गरेको थियो । यो दलले मधेस प्रदेशको सत्ता नेतृत्व दल र संघीय सरकारमा पनि सहभागी रहेको जनता समाजवादी पार्टी (जसपा)लाई चुनौती दिन सक्ने कतिपयको विश्लेषण छ ।

यस्तै, सहमहामन्त्री भीष्मराज आङदेम्बेका अनुसार बुधबार दिउँसो ३ बजे स्थानीय तह निर्वाचनलगायत एजेन्डामा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बैठक मंगलबार पनि बसेको थियो । बिहीबार भने कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ ।  माओवादी केन्द्रले पनि २८ र २९ माघमा स्थानीय तह निर्वाचन केन्द्रित जिम्मेवारी नेताहरूलाई दिने गरी केन्द्रीय समिति बैठक बोलाएको छ । स्थानीय निर्वाचन आगामी ३० वैशाखमा हुने भएको छ । 
 

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै