१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

बुटवल । मजदुरका रुपमा काम गर्ने र श्रमिकलाई चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका एकजना मजदुर नेताको स्मृतिमा बुटवलमा सालिकसहितको पार्क निर्माण भएको छ ।

Advertisement

मजदुर नेताको स्मृतिमा निर्माण भएको यो पार्क यसक्षेत्रकै पहिलो हो । बाबुसंगै बाग्लुङबाट बुटवलमा आएका र यहीँको एउटा उद्योगमा श्रमिकका रुपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन)को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो ।

राजमार्ग छेउँमै उपमहानगर मातहत रहेको करिब दुई विगाहा क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित स्मृति पार्क निर्माण गरिएको छ । दुई खण्डमा निर्माण र विस्तार भइरहेको उक्त पार्क र परिसरमा निर्माण गरिएको पुनको अर्धकदको शालिक मंगलबार एक संक्षिप्त समारोहबीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे। महेन्द्र राजमार्ग निर्माण भइरहेको र त्यसमा काम गर्न भन्दै पुनका बुबा छोराछोरीलाई लिएर बुटवलमा आएका थिए । बाबुसंगै जितबहादुर र उनका दुई दाजुभाई पनि बुटवलमा आएर काम गरेका थिए। जितबहादुरले भने ०३० को दशकमा प्लाई उद्योगमा काम सुरु गरेका थिए।

उद्योगमा काम गर्दै जनवादी गीत संगीतमार्फत सचेतना फैलाउने र राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा जनमत जुटाउने काममा पुनले त्यसबेला नेतृत्वदायी भूमिका निर्वाह गरे । पुनले नै त्यसबेला परिवर्तनको आन्दोलनमा धेरैलाई संगठित र समाहित गराएको स्मरण गर्दै एमाले केन्द्रीय सदस्यसमेत रहेका उपमहानगरका प्रमुख सुवेदीले सोही योगदानको कदर स्वरुप प्रारम्भिक चरणको कामका रुपमा सालिकसहितको स्मृति पार्क निर्माण गरिएको बताए ।

पार्कलाई विस्तार गरिने, मजदुरका सन्तानको शिक्षा र सामाजिक जागरणका लागि विशेष अभियानसमेत सञ्चालन गरिने उल्लेख गर्दै प्रमुख सुवेदीले अगुवाप्रतिको सम्मान र स्मृतिले पुस्तान्तरणमा सकारात्मक प्रभाव पार्ने बताए । पार्कलाई खण्ड क र खण्ड ख गरी दुई चरणमा निर्माण गरिएको छ । पुनकै सक्रियतामा यसक्षेत्रमा जनवादी सांस्कृतिक क्रान्ति, राजनीतिक तथा नागरिक अधिकार प्राप्तिको आन्दोलनका लागि संगठन निर्माण, श्रमज्योति क्लब गठन गर्दै त्यसैमार्फत राजनीतिक चेतनाको अभियान सञ्चालन गरिएको पुनले नै संगठित गरेका एमाले नेता डिलबहादुर आचार्यले बताए।

पुनका भाई बुहारी र भतिजाभतिजीहरुसमेतलाई पार्कमा जुटाएर सालिकसहितको पार्कको उद्घाटन गरिएको थियो । त्यसक्रममा उनको परिवारले उपमहानगरबाट अगाद्य माया र सम्मान पाएको भन्दै प्रमुख सुवेदीप्रति आभार प्रकट गरेका थिए । पार्क उद्घाटन समारोहका सरिक पुनका भाईबुहारीहरु कुनाकुमारी र मिनाकुमारी पुनले आफ्ना दिवंगत मजदुर नेता (जेठाजु) प्रति गरिएको सम्मान र स्मृति पार्कको निर्माणले आफुहरुलाई खुशीको आँसु आएको बताए। ०४३ सालमा म्यानेन्जाइटिस भएर पुनको निधन भएको थियो ।

त्यसअघि पुनकी पत्नीको सुत्केरी हुनेक्रममा प्रसव पीडाकै बीचमा बच्चा जन्मन नसकेर निधन भएको थियो । पुनका भाईबुहारी र भतिजाभतिजी हाल पार्क रहेको स्थान नजिकै बस्दै अएका छन् । पुनका बाबु जो राजमार्ग निर्माणका क्रममा आएका थिए उनको चौपारीमा आराम गरिरहेकै बेलामा निधन भएको बताइएको छ । पार्क उद्घाटन समारोहमा उपमहानगरका–८ का अध्यक्ष भीमबहादुर श्रेष्ठ र वडासदस्य दलबहादुर थापा, वडासचिव सुन्दरी आचार्यलगायतले
पार्कलाई संरक्षण र विस्तार गर्दै लगिने बताए ।

उपमहानगरका सहरी विकास तथा योजना महाशाखाका प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले करिब ५० लाख बराबरको बजेटको पार्क निर्माण र विस्तारका लागि योजनाबद्ध काम भइरहेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु