२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

अंकारा । टर्कीका एक पुरुष कोभिडकै कारण १४ महिना आइसोलेसनमा बिताएका छन । सन् २०२० को नोभेम्बरमा पहिलो पटक कोभिड पोजेटिभ भएका उनलाई पटक पटक गरी ७८ पटक संक्रमण भएको छ ।

Advertisement

५६ वर्षीय मुजाफ्फर कायसन विगत एक वर्षदेखि आफ्नो घर र अस्पतालमा सीमित छन् । उनी पहिल्यकै अवस्थामा फर्किन चाहन्छन् । 

सन् २०२० को नोभेम्बरमा कोभिड भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला उनमा कोभिडको खराब लक्षण देखिएको थियो । भाइरस उनको स्वास्थ्य प्रणालीमा नै रहेको थियो । पहिलो पटक पोजेटिभ देखिएपछि गरेका हरेक परीक्षणमा पोजेटिभ देखिएको थियो, जसका कारण उनी अस्पताल वा घरमै आइसोलेसनमा बस्न बाध्य भएका थिए । 

कायसन ल्युकेमियाका बिरामी हुन् । चिकित्सकहरुका अनुसार रोग प्रतिरोध क्षमता कमजोर भएकोले लामो समयसम्म उनको शरीररमा कोभिडको लक्षण देखिएको हो । उनको प्रतिरक्षा प्रणालीमा सुधार गर्न चकित्सकले उनलाई औषधि खान सुझाव दिँदै आएका छन् । तर, सो पक्रिया लामो र जटिल भएको बताइएको छ । 

लामो समय एक्लै बस्दा उनको सामाजिक जीवन अस्तव्यस्त बनेको छ । उनी  साथीभाईसँग बसेर बोल्न पाएका छैनन् । उनले आफ्नो छोरा र नातिनातिनालाई झ्यालबाट मात्र हेर्छन् । उनकी पत्नि र कान्छा छोरा मात्र उनीसँग बस्छन् । 

मेरा प्रियजनहरुलाई छुन नपाउनुबाहेक मलाई कुनै समस्या छैन् । मेरो स्वास्थ्य समस्याका कारण खोप लगाउन पाएको छैन,’ कायसनले समाचार संस्था अनादोलुलाई भने ।  – एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता