ताजा अपडेट »

बुटवल उपमहानगरको ६३ औँ स्थापना दिवस, कर्मचारी एशोसिएसनले विविध कार्यक्रम गर्ने

मंगलबार, २५ माघ २०७८, १७ : ३४
6 Shares

बुटवल । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनले बुटवल उपमहानगरपालिकाको ६३ औँ स्थापना दिवसको अवसरमा रक्तदान लगायतका विविध कार्यक्रम गर्ने भएको छ । एशोसिएसन बुटवल उपमहानगर इकाई समितिका अध्यक्ष अनिल कुमार माण्डव्यका अनुसार स्थापना दिवसको अवसरमा बुधबार बिहान रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

यस्तै फागुन १ र २ गते अन्तर महाशाखा पुरुष भलिवल प्रतियोगिता, अन्तर महिला महाशाखा महिला भलिवल प्रतियोगिता र महिला जनप्रतिनिधि र महिला कर्मचारी बीच मैत्रिपूर्ण भलिबल प्रतियोगिता हुने अध्यक्ष माण्डव्यले बताए । यस्तै फागुन ३ गते पुरुष जनप्रतिनिधि र पुरुष कर्मचारी मैत्रीपूर्ण फुटवल प्रतियोगिता, फागुन १ र २ गते महिला पुरुष कर्मचारी बीच टेवलटेनिस र फागुन २ गते घैटोफोर, कुर्ची दौड, तालो आलु प्रतियोगिता हुने अध्यक्ष माण्डव्यले बताए ।

साथै प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद पुस्कारको पनि व्यवस्था रहेको अध्यक्ष बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।