ताजा अपडेट »

वर्षाले दाङमा करोडौंको इट्टामा क्षति

शनिबार, २२ माघ २०७८, १२ : ३१
28 Shares


दाङ । बर्षाका कारण दाङमा करोडौंको इट्टामा क्षति पुुगेको छ । बिहीवार रातिदेखि परेको बर्षाका कारण तयारी अवस्थामा राखिएका काँचा ईट्टामा क्षती पुुगेको दाङ देउखुरी इट्टा व्यवसायी संघ दाङका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिए ।

उनका अनुसार असोजमा भएको बेमौसमी बर्षात र त्यसयता विभिन्न समयमा भएका बर्षातका कारण ३ करोड इट्टा पुुर्ण रुपमा क्षति हुँदा ३० करोड मुल्य बराबरको क्षती भएको छ ।

एयटा उद्योगमा तयारी अवस्थामा राखिएका काँचो ईट्टा ९ देखि १५ लाख सम्मको क्षती भएको उनले बताए । हिउँदे बर्षाले सबैभन्दा धेरै तुलसीपुर क्षेत्रका ईट्टा उद्योगमा क्षती पुुगेको छ । जिल्लामा हाल ३५ वटा इट्टा उद्योग रहेका छन् ।

पटक पटकको बर्षाले इटामा ठूलो क्षती गरेको भन्दै उनले जिल्लामा इट्टाको अभाव हुनसक्ने बताए । राज्यले बीमाको ब्यबस्था नगर्दा इटा व्यवसायीहरुले लाखौं रुपैयाँको क्षति व्यहोर्नुपर्ने अवस्था भएको संघका अध्यक्ष योगीले बताए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी