ताजा अपडेट »

डा:केसीलाई अनसन तोड्न सभापति देउवाको आग्रह

विहीबार, १७ माघ २०७५, १३ : ५८
2 Shares

माघ १७,

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १६ औँ चरणको आमरण अनसनमा रहेका प्रा. डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेका छन्। बिहीबार दिउँसो केसी भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका उनले गत पुस २५ गतेदेखि अनसनरत केसीलाई यस्तो आग्रह गरेका हुन् ।

देउवाले सरकार अनसनप्रति संवेदनशील नभएको र प्रतिपक्षीलाई केसीको स्वास्थ्य र जनताप्रति चिन्ता रहेको भन्दै अनसन तोड्न आग्रह गरेको केसीसँगै अस्पताल पुगेका काँग्रेस नेता गगन थापाले जानकारी दिए ।

उक्त भेटकाक्रममा देउवाले सरकारले राष्ट्रिय चिकित्सा स्वास्थ्य शिक्षा विधेयक संसदबाट गैर प्रजातान्त्रिक शैलीले पारित गरेको भन्दै काँग्रेसले त्यसको विरोध गरिरहने पनि बताएको थापाले बताए ।देउवाको आग्रहमा केसीले कुनै प्रतिक्रिया नजनाएको बताइएको छ । त्यस्तै कांग्रेस नेता गगन थापाले सरकारलाई दम्भ नदेखाउन चेतावनी दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।