ताजा अपडेट »

सहकारीहरु उत्पादनमूलक कार्यमा लाग्नुपर्ने : उद्योगमन्त्री गिरी

विहीबार, १७ माघ २०७५, १३ : ५२
4 Shares

माघ १७,

बुटवल । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले सहकारीहरु उत्पादनमूलक कार्यमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले उत्पादनबाटै देशको समृद्धि हुने बताउदैँ सहकारी अब देशको समृद्धिको सहयात्री हुनुपर्ने बताउनुुभयो । सामुहिक विकास बचत तथा ऋण सकहारी संस्थाको बिहिबार रजत महोत्सव कार्यक्रममा उद्योग मन्त्री गिरीले आफुले प्रदेस सहकारी ऐन बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशलाई समृद्ध बनाउने सन्दर्भमा भने सबै एक भएर जानुपर्छ ।” सहकारीले अब उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ, अब सहकारीले पनि लगानी र उत्पादनको दायरा बढाउनुपर्ने बताउनुभयो ।

सहकारीले आफनो स्थापनाको रजत महोत्सवको सप्ताहब्यापी रुपमा वुटवल ११, देविनगर स्थीत नेपाल अपाङ्ग आश्रमलाई जिन्सी तथा खाद्यान्न सहयोग, सहकारी सम्बन्धी कविता प्रतियोगिता लगायतका कार्यक्रम गरी मनाएको थियो ।सोही अवसरमा सहकारीले सहकारीमा योगदान पुर्याएका ब्यक्तिहरुलाई सम्मान गरेको थियो । सहकारीले रजत वर्ष पत्रकारीता पुरस्कारबाट पत्रकार लक्ष्मण पौडेललाई पुरस्कृत गरेको छ ।

सामुहिक विकास बचत तथा ऋण सकहारी संस्थाका अध्यक्ष चूडामणि खरेलको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालीकाका प्रमुख बासुदेव घिमिरे, सहकारी बैँकका सञ्चालक समिती सदस्य माधवलाल देवकोटा, सहकारीका संचालक केशवराज न्यौपाने, रुद्र प्रसाद श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

करीव २ अर्वको सम्पत्ति रहेको सहकारीमा ६ हजार ५ सय सदस्य रहेका छन् । सहकारी प्रदेश नं. ५ को सवैभन्दा ठूलो र उत्कृष्ठ सहकारीको रुपमा परिचित छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।